images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • यस्तो छ फलफूल तथा तरकारीको थोक...

यस्तो छ फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ फलफूल तथा तरकारीको थोक मूल्य

images
images
बिहिवार, कार्तिक ६ २०८२
बिहिवार, कार्तिक ६ २०८२
  • काठमाडौँ । कात्तिक ६, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज केही तरकारीको मूल्य बढेको छ भने केहीको घटेको छ, यद्यपि कतिपय तरकारीहरू हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेका छन्।

    images
    images

    आजको मूल्य अनुसार कालिमाटी बजारमा ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ६२ रुपैयाँ, ठूलो नेपाली गोलभेँडा ४७ रुपैयाँ, सानो लोकल गोलभेँडा २५ रुपैयाँ, टनेलको सानो गोलभेँडा ४१ रुपैयाँ, रातो आलु ६६ रुपैयाँ र सुकेको भारतीय प्याज ३३ रुपैयाँ रहेको छ।
    त्यस्तै, लोकल गाँजर १२५, लोकल बन्दा ५५, लाम्चो भन्टा ६५, डल्ले भन्टा ८५, तने बोडी १२५, करेला ९५, लौका ७५, लोकल परबल ८५, घिरौँला ६५, डल्ले फर्सी ४५, पाकेको फर्सी ७०, कन्य च्याउ १८२, डल्ले च्याउ ३८०, कुरिलो ४८० र ब्रोकाउली १९० रुपैयाँ प्रतिकिलो पुगेको छ।

    हिजोको तुलनामा आज लोकल गाँजर, लोकल बन्दा, लाम्चो भन्टा, घिरौँला लगायतका वस्तुको मूल्य बढेको छ भने टनेलको सानो गोलभेँडा, लोकल परबल, र ब्रोकाउलीको मूल्य घटेको देखिन्छ।
    हिजो कालिमाटीमा ठूलो भारतीय गोलभेँडा ६३, टनेलको सानो गोलभेँडा ४३, लोकल गाँजर ११५, स्थानीय काउली ११५, लोकल बन्दा ४७, लाम्चो भन्टा ५२, परबल ९७, घिरौँला ८५, ब्रोकाउली २०५ रुपैयाँ प्रतिकिलो थियो।

    images
    images

    समितिले बजारमा आपूर्तिको मात्रा र उपभोक्ता मागअनुसार दैनिक रूपमा मूल्य समायोजन हुने बताएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend