images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • म्याग्दी जिल्लामा दुई जलविद्युत् आयोजना सञ्चालनमा,...

म्याग्दी जिल्लामा दुई जलविद्युत् आयोजना सञ्चालनमा, ८४ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोडियो

म्याग्दी जिल्लामा दुई जलविद्युत् आयोजना सञ्चालनमा, ८४ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोडियो

images
images
मंगलवार, कार्तिक ४ २०८२
मंगलवार, कार्तिक ४ २०८२
  • काठमाडौँ । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका हुँदै बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले निर्माण गरेका दुई वटा जलविद्युत् आयोजना पूर्णरूपमा सञ्चालनमा आएका छन्। कुल ८४ मेगावाट क्षमताका यी आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ।

    images
    images

    रघुगङ्गा गाउँपालिका–४, ७ र ८ वडाको भूगोलमा निर्माण भएका ‘रन अफ द रिभर’ प्रकृतिका ३५.५ मेगावाट क्षमताको चिमखोला,राहुघाट,मङ्गले र त्यसको क्यासकेडका रूपमा निर्माण गरिएको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना व्यावसायिक उत्पादनमा प्रवेश गरिसकेका छन्।

    तुँदी पावर कम्पनीका व्यवस्थापक पुष्प डाँगीका अनुसार, चिमखोला राहुघाट मङ्गलेले गत साउन २० गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ भने अपर राहुघाट पनि अहिले उत्पादनको चरणमा छ। चार वर्षमा निर्माण सम्पन्न भएका यी आयोजनाको कुल लागत १३ अर्ब रुपैयाँ पुगेको छ।

    images
    images

    सञ्चालन संरचना र प्रवाह प्रणाली, चिमखोला राहुघाट मङ्गले आयोजना अन्तर्गत रघुगङ्गा–८ बन्दीमा निर्माण गरिएको बाँधबाट ५.३ किमी लामो सुरुङमार्फत ल्याइएको पानी चिमखोला–७ को बगरमा रहेको विद्युत्गृहमा प्रवाह गरिन्छ। ९५० मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिएको छ।

    त्यसै गरी, उक्त विद्युत्गृहबाट निस्कने पानी र बगरखोलाको पानी समेटेर बनाइएको अपर राहुघाट आयोजनाको सुरुङको लम्बाइ ४.९ किमी छ भने विद्युत्गृहसम्म ६८० मिटरको पेनस्टक पाइप जडान गरिएको छ।

    प्रविधि र ठेकदार कम्पनीहरू
    इलेक्ट्रोमेकानिकल ठेकेदारः एभरेष्ट हाइड्रो
    हाइड्रोमेकानिकल ठेकेदारः माछापुच्छ्रे मेटल एण्ड मेसिनरी
    सिभिल ठेकेदारः रामेछाप शेर्पा कन्स्ट्रक्सन
    सुरुङ निर्माणःसाउथ एशियन इन्फ्रास्ट्रक्चर

    प्रसारण लाइन र अन्य आयोजनासँगको समन्वय, उक्त आयोजनाबाट उत्पादित विद्युत् रघुगङ्गा–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमार्फत अस्थायी रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

    त्यसका लागि चिमखोलादेखि राहुघाटसम्म ३९ वटा टावर निर्माण गरिएका छन्। यस्तै, ८ किमी लामो १३२ केभी क्षमताको प्रसारण लाइन संयुक्त रूपमा ठूलोखोला र माथिल्लो ठूलोखोला आयोजना तथा चिमखोला,राहुघाट,मङ्गले आयोजना मिलेर निर्माण गरिएको हो।

    थप आयोजनाहरू पनि निर्माणको अन्तिम चरणमा, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार, ४० मेगावाटको राहुघाट र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् र यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

    समग्र राहुघाट बेसिनमा जलविद्युत् विकास तीव्र, राहुघाट बेसिनमा हाल सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाहरू समावेश गर्दा कुल १६८ मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमताका परियोजनाहरू बन्ने निश्चित भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend