images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • शिवम सिमेन्टसहित ठूला उद्योगहरूको लाइन काटियो,...

शिवम सिमेन्टसहित ठूला उद्योगहरूको लाइन काटियो, ५ उद्योग माथि अरबौं बक्यौताको कारबाही

शिवम सिमेन्टसहित ठूला उद्योगहरूको लाइन काटियो, ५ उद्योग माथि अरबौं बक्यौताको कारबाही

images
images
मंगलवार, कार्तिक ४ २०८२
मंगलवार, कार्तिक ४ २०८२
  • काठमाडौँ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ स्थित हटियामा रहेको शिवम सिमेन्ट उद्योगको विद्युत् लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत) ले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन मार्फत विद्युत् उपभोग गर्दा तिर्नुपर्ने प्रिमियम महसुल नतिरेको आरोपमा यो कारबाही गरेको हो।

    images
    images

    शिवम सिमेन्टले ७७ करोड ८८ लाख बक्यौता तिरेन,नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख शिवराज यादवका अनुसार, शिवम सिमेन्टले ७७ करोड ८८ लाख रुपैयाँ महसुल तिर्न बाँकी राखेकाले आज बिहान विद्युत् सेवा कटौती गरिएको हो।

    अन्य पाँच ठूला उद्योगको लाइन पनि काटियो,यसअघि मंगलबार बिहान, प्राधिकरणले पाँच अन्य ठूला उद्योगहरूको लाइन पनि काटिसकेको छ। ती उद्योगहरू र तिनीहरूको बक्यौता रकम निम्नानुसार छन्ः

    images
    images

    जगदम्बा स्टीलः रु १ अर्ब ६० करोड

    रिलायन्स स्पिनिङ मिल्सः रु ७५ करोड ३७ लाख

    घोराही सिमेन्टः रु ५० करोड ८५ लाख

    अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिजः रु ४४ करोड ८४ लाख

    त्रिवेणी स्पिनिङ मिल्सः रु ३२ करोड १० लाख

    २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल हो बक्यौता

    उपरोक्त बक्यौता रकमहरू २०७२ माघदेखि २०७५ वैशाख सम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेर उपभोग गरिएको विद्युतको थप महसुल हो। तिहारमा पनि काउन्टर खुला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए अनुसार, तिहारको सार्वजनिक बिदामा पनि उद्योगहरूलाई बक्यौता तिर्न सजिलो होस् भनेर काउन्टर खुला राखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend