images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • क्युआर कोडमार्फत ठगी बढेपछि राष्ट्र बैंकको...

क्युआर कोडमार्फत ठगी बढेपछि राष्ट्र बैंकको चेतावनी,“पैसा पठाउँदा मात्र स्क्यान गर्नुहोस्”

क्युआर कोडमार्फत ठगी बढेपछि राष्ट्र बैंकको चेतावनी,“पैसा पठाउँदा मात्र स्क्यान गर्नुहोस्”

images
images
सोमवार, कार्तिक ३ २०८२
सोमवार, कार्तिक ३ २०८२
  • काठमाडौँ । कात्तिक ३,  डिजिटल कारोबार बढेसँगै क्युआर कोडमार्फत हुने भुक्तानीमा सतर्कता अपनाउन नेपाल राष्ट्र बैंकले आम उपभोक्तालाई आग्रह गरेको छ। पछिल्लो समय क्युआर कोडको माध्यमबाट हुने वित्तीय ठगीका घटनाहरू बढ्न थालेपछि राष्ट्र बैंकले यस्तो चेतावनी जारी गरेको हो।

    images
    images

    राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, “पैसा पठाउँदा मात्र क्युआर कोड स्क्यान गर्नुपर्छ, तर पैसा प्राप्त गर्न क्युआर स्क्यान गर्नु हुँदैन।”

    बैंकका अनुसार कसैले ‘पैसा पठाउँदैछु, स्क्यान गर्नुहोस्’ भन्दै क्युआर कोड पठाएमा त्यो ठगीको माध्यम हुन सक्ने भएकाले यस्ता घटनाबाट सतर्क रहनुपर्ने आवश्यकता छ।

    images
    images

    क्युआर कोडको सही प्रयोगबारे जानकारी दिँदै राष्ट्र बैंकले स्पष्ट पारेको छ कि पैसा पठाउने व्यक्तिले मात्र क्युआर स्क्यान गर्ने हो, पैसा प्राप्त गर्नेले आफ्नो क्युआर कोड दिनुपर्ने हो। गलत प्रयोगका कारण उपभोक्ता ठगीमा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend