काठमाडौँ । कात्तिक ३, हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने छ। तर आज दिउँसोको समयमा केही स्थानमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको छ।
जलवायु पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा नै रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा फाटफुट वर्षा हुने सम्भावना रहेको बताइएको छ।
हाल देशभर कुनै सक्रिय वा उल्लेखनीय मौसमी प्रणाली नदेखिएकोले मौसम सामान्य रहने अनुमान गरिएको छ।




.gif)





