images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंकलाई ‘ग्लोबल फाइनान्स बेष्ट...

ग्लोबल आइएमई बैंकलाई ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२५’

ग्लोबल आइएमई बैंकलाई ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२५’

images
images
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौँ । कातिक २, ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा अत्यन्तै प्रतिष्ठित मानिने ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२५’ प्राप्त गरेको छ। बैंकलाई लगातार दोस्रो वर्ष यो अवार्ड दिइएको हो।

    images
    images

    शनिबार अमेरिकामा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरे।

    ग्लोबल फाइनान्स म्यागाजिनले विश्वसनीयता, वित्तीय श्रोत परिचालन, सेवा पहुँचको विस्तार, रणनीतिक साझेदारी, ग्राहकमैत्री सेवा, र क्रेडिट रेटिङ लगायतका सूचकांकको आधारमा ग्लोबल आइएमई बैंकलाई नेपालबाट सन् २०२५ का लागि ‘सर्वोत्कृष्ट बैंक’ घोषणा गरेको हो।

    images
    images

    लगातार दोस्रो वर्षको सफलता, ग्लोबल आइएमई बैंकलाई यसअघि पनि सन् २०२४ मा सोही म्यागाजिनले ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित गरेको थियो। यो सम्मान प्राप्त गर्ने बैंक नेपालबाट पहिलो हो। अध्यक्ष ढकालले यस उपलब्धिलाई ‘अन्तर्राष्ट्रिय स्तरमा नेपाली बैंकिङको पहिचान स्थापित गर्ने एक कदम’ भन्दै सबै सरोकारवालाप्रति आभार व्यक्त गरे।

    अन्तर्राष्ट्रिय स्तरमा नेपाली उपस्थिति, यो वर्षको ‘बेष्ट बैंक अवार्ड’ अन्तर्गत, ग्लोबल फाइनान्सले हङकङको HSBC, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, जापानको SMBC, बङ्गलादेशको सिटी बैंक, मलेशियाको UOB मलेशिया लगायत विभिन्न देशका उत्कृष्ट बैंकहरूलाई पनि सम्मानित गरेको छ।

    बैंकको सेवालाई थप उचाइ,ग्लोबल आइएमई बैंकले देशभरका ७७ वटै जिल्लामा सेवा पु¥याउँदै ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा दिँदै आएको छ। साथै, बैंकले अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, मलेशिया, क्यानडा लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

    प्राप्त अन्य अवार्डहरू, बैंकले यसअघि पनि बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४, २०२५, बेष्ट इएसजी बैंक २०२४, बेष्ट इम्प्लोयर अवार्ड लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ।

    ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२५’ बाट पुनः सम्मानित हुनु ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, दूरदृष्टि र नवप्रवर्तनमा आधारित सेवा प्रणालीको प्रमाण हो। यो उपलब्धिले बैंकलाई आगामी दिनमा अझ सशक्त र आधुनिक सेवा प्रदान गर्न प्रेरणा दिने विश्वास बैंक व्यवस्थापनले व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend