images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक विवरण...

बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक विवरण प्रकाशनको समयसीमा थप

बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक विवरण प्रकाशनको समयसीमा थप

images
images
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौँ । कात्तिक २, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशनको समयसीमा पाँच दिन थप गरेको छ। अब ती संस्थाहरूले कात्तिक २१ गतेसम्म विवरण सार्वजनिक गर्न सक्नेछन्।

    images
    images

    यसअघि वित्तीय विवरण सम्बन्धित त्रैमास समाप्त भएको १५ दिनभित्र अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने व्यवस्था थियो। राष्ट्र बैंकले यो निर्णय सहजीकरण स्वरूप लिएको बताएको छ, जसले बैंक तथा वित्तीय संस्थालाई विवरण प्रकाशनमा थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

    साथै, राष्ट्र बैंकले पहिलो त्रैमासको कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज बाहेक बाँकी ब्याज आम्दानी बराबरको रकम नियमनकारी कोषमा जम्मा गर्न निर्देशन दिएको छ। यो रकम जम्मा गर्दा आयकर, कर्मचारी बोनस, साधारण जगेडा कोष तथा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याइएको रकम कट्टा गरेर मात्र बाँकी मुनाफाबाट रकम निकाल्नुपर्ने स्पष्ट गरिएको छ।

    images
    images

    राष्ट्र बैंकको यस निर्देशनले वित्तीय क्षेत्रको पारदर्शिता तथा नियमन सुदृढ गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend