काठमाडौँ । कातिक २, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड SCT-UnionPay कार्ड स्किममा आबद्ध भएको छ। अबदेखि बैंकका ग्राहकहरूले SCT-UnionPay कार्ड प्राप्त गरी देशभरको डिजिटल भुक्तानी प्रक्रियामा थप सहजता, सुलभता र सुरक्षा अनुभव गर्न सक्नेछन्।
नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किमको रूपमा दुई दशक देखि सञ्चालनमा रहेको Smart Choice Technologies (SCT) ले सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ। सांग्रिला बैंकको यो नयाँ साझेदारीले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा र ३० वटा एटीएम मार्फत सेवा दिँदै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासमा अग्रसर यस बैंकले आगामी दिनमा अझ आधुनिक, प्रविधिमैत्री र पहुँचयुक्त सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।




.gif)





