काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार सहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ।
शनिबार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार सहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको थियो। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा छ। हिजो अमेरिकी डलरको विनिमयदर यही थियो।
त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ १५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८५ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा छ।आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ १९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५८ पैसा छ। त्यसैगरि आज कुवेती दिनार १ को खरिदर ४५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ३४ पैसा छ। आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २२ पैसा छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ।





.gif)





