images

२०८३ आश्विन २३ गते

images
images
images

तिहारमा भाइटिकाको दिन बाहेक अन्य दिन बैङ्किङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

तिहारमा भाइटिकाको दिन बाहेक अन्य दिन बैङ्किङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

images
images
शनिवार, कार्तिक १ २०८२
शनिवार, कार्तिक १ २०८२
  • काठमाडौँ । कातिक १, नेपाल राष्ट्र बैंकले भाइटिकाको दिन बाहेक अन्य चाडपर्वका दिनहरूमा पनि भन्सार जाँचपास लगायतका कार्यलाई सहज बनाउन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ।

    images
    images

    केन्द्रीय बैंकले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई नियमित राख्न बैंकिङ सेवा सञ्चालनमा राख्न अनुरोध गरेको हो। यसले चाडपर्वको समयमा पनि आयात–निर्यात प्रक्रिया नअड्किने र बजारमा आवश्यक वस्तुहरूको आपूर्ति सहज हुन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

    यसैबीच, राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुने जानकारी दिएको छ। यस प्रणाली मार्फत उच्च मूल्यको भुक्तानी कारोबार तत्काल सम्पादन गर्न सकिने सुविधा रहेको छ।

    images
    images

    राष्ट्र बैंकको यो पहलले चाडपर्वका समयमा पनि वित्तीय कारोबारमा कुनै अवरोध नआओस् भन्ने उद्देश्य राखेको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend