images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • शंकास्पद कारोबार पहिचान गर्न राष्ट्र बैंकद्वारा...

शंकास्पद कारोबार पहिचान गर्न राष्ट्र बैंकद्वारा नयाँ निर्देशन जारी

शंकास्पद कारोबार पहिचान गर्न राष्ट्र बैंकद्वारा नयाँ निर्देशन जारी

images
images
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौँ । असोज ३१,  नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्न मार्गदर्शन गर्ने उद्देश्य सहित नयाँ निर्देशन सार्वजनिक गरेको छ।

    images
    images

    सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) तथा आतंकवाद वित्तपोषण सम्बन्धी ऐन अनुसार सूचक संस्थाहरूले पेश गर्नुपर्ने शंकास्पद कारोबार प्रतिवेदनको गुणस्तरमा सुधार ल्याउन यो निर्देशन जारी गरिएको हो।

    निर्देशनमा बैंक, वित्तीय संस्था, बीमा कम्पनी लगायतका संस्थाहरूको सेवा र संरचना अनुसार सम्बन्धित सूचकहरू समावेश गरिएको छ। यसलाई सरल, व्यवस्थित र प्रयोगमैत्री ढंगमा वर्गीकृत गरिएकाले कारोबारको प्रकृति बुझ्न र अनियमित गतिविधि छिटो चिन्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    images
    images

    अद्यावधिक निर्देशनमा डिजिटल कारोबार, जटिल लेनदेन संरचना, अस्वाभाविक कारोबार ढाँजाजस्ता नयाँ सूचकहरू थप गरिएका छन्। यसले मनी लाउण्डरिङ मात्र होइन, कानुन विपरीत आम्दानी लुकाउने वा प्रयोग गर्ने सम्भावित गतिविधिहरूको पहिचानमा समेत सहयोग गर्ने अपेक्षा गरिएको छ।

    शंकास्पद कारोबार रिपोर्ट पेश गर्दा पालना गर्नुपर्ने प्रक्रिया, समयसीमा र विवरणहरू पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ।

    वित्तीय जानकारी इकाईले नयाँ निर्देशन प्रणाली मार्फत सम्बन्धित सबै सूचक संस्थाहरूमा पठाइसकेको छ र समयमै अध्ययन गरी कार्यान्वयनमा ल्याउन अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend