images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • वाणिज्य बैंकहरूले कात्तिकको औसत ब्याजदर घटाएका...

वाणिज्य बैंकहरूले कात्तिकको औसत ब्याजदर घटाएका छन्।

वाणिज्य बैंकहरूले कात्तिकको औसत ब्याजदर घटाएका छन्।

images
images
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौँ । कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेका वाणिज्य बैंकहरूले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर घटाएका छन्। नेपालका वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर असोज महिनाको तुलनामा ०.२६ प्रतिशतविन्दुले घटेको छ।

    images
    images

    भदौ महिनामा ५.४६ प्रतिशतविन्दु रहेको यो दर असोजमा झरेर ५.२० प्रतिशतविन्दुमा पुगेको हो।

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी ६ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

    images
    images

    त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.२२ प्रतिशतविन्दुले घटेर कात्तिक महिनामा आएको छ।

    सबैभन्दा धेरै ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक अगाडि छन्। यी दुई बैंकले व्यक्तिगत तथा संस्थागत दुबै मुद्दति निक्षेपमा १ प्रतिशत विन्दुले ब्याजदर घटाएका हुन्।

    नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने असोज महिनाकै ब्याजदरलाई कात्तिक महिनामा पनि यथावत् राखेका छन्।

    null

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend