images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • कास्कीमा अपरेशन ३६५ मा १०४ मोटरसाइकल...

कास्कीमा अपरेशन ३६५ मा १०४ मोटरसाइकल कारबाहीमा परेका छन्।

कास्कीमा अपरेशन ३६५ मा १०४ मोटरसाइकल कारबाहीमा परेका छन्।

images
images
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौँ  । पोखरा, कास्की,स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को ध्वनि निकाल्दै मोटरसाइकल चलाउने विरुद्ध कास्की प्रहरीले ‘अपरेशन ३६५’ सञ्चालनमा ल्याएको छ। गत सोमबार देखि सुरु गरिएको यस अभियानमा हालसम्म १०४ वटा मोटरसाइकल कारबाहीमा परेका छन्।

    images
    images

    जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको संयुक्त पहलमा सञ्चालित यस अभियान अन्तर्गत समाजमा त्रास सृजना गर्ने तथा प्रहरीसँग वादविवाद गर्ने २८ जना चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। तीमध्ये १६ जना चालकलाई सम्झाइबुझाइ पछि परिवारको जिम्मा लगाइएको छ।

    प्रहरीका अनुसार साइलेन्सर फेरेर चर्को आवाज निकाल्ने, रातको समयमा ध्वनि प्रदूषण गर्ने, र मोटरसाइकलको सिट, ह्याण्डल, नम्बर प्लेट, इञ्जिन, चेसिस लगायतका भाग स्वीकृति बिना परिवर्तन गर्ने कार्य बढेपछि जनगुनासो समेत बढेको थियो।

    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार केसीका अनुसार, यस्ता गतिविधिबाट समाजको शान्ति सुव्यवस्थामा असर परेकाले प्रहरी ‘अपरेशन ३६५’ अन्तर्गत नियमित अनुगमन र कारबाही गरिरहेको छ।

    प्रहरीले यस्तो गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गर्दै सूचना दिने व्यक्तिको गोपनीयता सुरक्षित राखिने स्पष्ट पारेको छ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार, सवारी साधनमा अनुमति बिना स्वरूप परिवर्तन गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीको भनाइ छ।

    गत वर्ष पनि कास्की प्रहरीले यस्तै प्रकृतिका मोटरसाइकललाई कारबाही गरेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend