काठमाडौँ । पोखरा, कास्की जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट गम्भीर क्षति पुगेको कास्की मालपोत कार्यालयले आज (बिहीबार)देखि सेवा पुनः सुरु गरेको छ।
कार्यालयले अत्यावश्यक सेवासँगै नियमित सेवा पनि सुचारु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिएका छन्। उनले भने, कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएकाले हाललाई प्रतिक्षालयबाट सेवा दिइएको छ, तर सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराउने प्रयास भइरहेको छ।
प्रदर्शनका क्रममा कार्यालयमा रहेका झण्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा जलेर नष्ट भएका छन्। पोख्रेलका अनुसार, कागजात जोगिएको क्षेत्रमध्ये पोखरा महानगरपालिका–११, १२, १३ र हेम्जाका मालपोत अभिलेख सुरक्षित छन्, तर अन्य अधिकांश वडाका कागजातहरू नष्ट भएका छन्।
कागजात पुनः प्राप्ति र अभिलेख व्यवस्थापनको कार्य सुरु गरिएको कार्यालयले जनाएको छ।




.gif)





