images

२०८३ आश्विन २३ गते

images
images
images

५० रुपैयाँका ४२ करोड नोट छपाइ चिनियाँ कम्पनीलाई, लागत करिब १ खर्ब ४७ करोड रुपैयाँ

५० रुपैयाँका ४२ करोड नोट छपाइ चिनियाँ कम्पनीलाई, लागत करिब १ खर्ब ४७ करोड रुपैयाँ

images
images
बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौँ । असोज २९, नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिण्टिङ कर्पोरेशन लाई ठेक्का दिने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बुधबार सो कम्पनीलाई ठेक्का दिने आशयपत्र जारी गरेको छ।

    images
    images

    राष्ट्र बैंकका अनुसार प्रस्तावित मूल्य र प्राविधिक पक्षमा अन्य प्रतिस्पर्धी कम्पनीहरू भन्दा योग्य ठहरिएपछि चिनियाँ कम्पनीलाई ठेक्का दिने निर्णय गरिएको हो।

    यो ठेक्काको कुल लागत १ करोड ४ लाख २२ हजार ५३५ अमेरिकी डलर २१ सेन्ट, अर्थात् झन्डै १ खर्ब ४७ करोड नेपाली रुपैयाँ बराबरको हुनेछ। राष्ट्र बैंकका अनुसार यस हिसाबले एउटा ५० रुपैयाँको नोट छपाइमा करिब ३ रुपैयाँ ५० पैसा खर्च हुने अनुमान गरिएको छ।

    images
    images

    सम्झौता भएपछि चिनियाँ कम्पनीले सुरक्षा विशेषता, डिजाइन तथा अन्य आवश्यक पक्ष समेटिएको नोटको नमुना (प्रूफ) राष्ट्र बैंकमा बुझाउनेछ। नमुना स्वीकृत भएपछि मात्रै औपचारिक छपाइ सुरु हुनेछ।

    नेपाल राष्ट्र बैंकले विगतमा पनि विदेशी कम्पनीहरू मार्फत नोट छपाइ गर्दै आएको छ। अघिल्ला वर्षहरूमा भारत, जर्मनी, अष्ट्रिया, अष्ट्रेलिया र चीनका कम्पनीहरू मार्फत विभिन्न दरका नोट छपाइ भइसकेको छ।

    राष्ट्र बैंकले भौतिक मुद्रा व्यवस्थापनलाई अझ सुरक्षित, भरपर्दो र समयानुकूल बनाउन नयाँ नोट छपाइ प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend