images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • डिजिटल भुक्तानीको तीव्रता, दुई महिनामा ६...

डिजिटल भुक्तानीको तीव्रता, दुई महिनामा ६ खर्ब ५७ अर्बको कारोबार

डिजिटल भुक्तानीको तीव्रता, दुई महिनामा ६ खर्ब ५७ अर्बको कारोबार

images
images
बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौँ । असोज २९, चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो दुई महिना, साउन र भदौमा, नेपालमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार यस अवधिमा डेबिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोडमार्फत गरिएको कारोबारको कुल रकम ६ खर्ब ५७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

    images
    images

    राष्ट्र बैंकका विवरण अनुसार डेबिट कार्ड प्रयोग गरेर १ करोड ८ लाख कारोबार भएको छ, जसबाट ८७ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी गरिएको छ। मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले ६ करोड २५ लाख कारोबार गर्दै ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्। यस्तै, क्युआर कोड मार्फत गरिएको ४ करोड १० लाख कारोबारबाट १ खर्ब १ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

    वित्तीय विज्ञहरूका अनुसार डिजिटल भुक्तानी प्रणालीमा देखिएको यो तीव्र वृद्धिले नगद प्रयोगमा कमी ल्याउनुका साथै वित्तीय प्रणालीमा पारदर्शिता अभिवृद्धि गरेको छ। उनीहरू भन्छन्, डिजिटल कारोबारको प्रचलनले आर्थिक गतिविधि थप सहज र प्रभावकारी बन्दै गएको छ।

    images
    images

    नेपाल राष्ट्र बैंकले पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने विभिन्न नीतिगत पहलहरू गर्दै आएको छ। यसले बैंक तथा वित्तीय संस्थाहरूलाई पनि डिजिटल सेवा विस्तारतर्फ उन्मुख गराएको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend