काठमाडौँ । असोज २८, नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडलाई आपसी गाभ्ने, गाभिने (मर्जर) प्रक्रिया अघि बढाउन सैद्धान्तिक सहमति प्रदान गरेको छ।
दुवै वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता सम्पन्न गरी राष्ट्र बैंकमा पेश गरिएको प्रस्तावमा असोज २७ गते सैद्धान्तिक सहमति प्राप्त भएको हो। अब दुबै संस्थाले आगामी तीन महिनाभित्र वार्षिक साधारणसभा मार्फत विशेष प्रस्ताव पारित गर्नुका साथै अन्य नियामकीय प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा प्रस्ताव पेस गर्नुपर्नेछ।
मर्जरपश्चात बन्ने संयुक्त संस्थाको नाम, पुँजी संरचना, नेतृत्व लगायतका विवरणहरू भने आगामी प्रक्रियाहरू सम्पन्न भएपछि सार्वजनिक गरिने जनाइएको छ।
नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको सुदृढीकरण र संस्थागत मजबूतीका लागि मर्जर प्रक्रियालाई प्राथमिकतामा राख्दै आएको छ। यो मर्जरले पनि वित्तीय क्षेत्रको स्थायित्व र विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ।




.gif)





