काठमाडौँ । असोज २८, नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै ३६६ दिन अवधिका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको हो।
राष्ट्र बैंकका अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा यो रकम लगानी गरिनेछ। लगानी प्राप्त गर्न चाहने संस्थाले निम्न शर्तहरू पूरा गरेको हुनुपर्नेछः सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, नियामकले तोकेको न्यूनतम कूल पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशतभन्दा नबढेको र, खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा नाघ्न नहुने।
बैंक तथा वित्तीय संस्थाले यही असोज ३० गतेभित्र आवेदन दिनुपर्नेछ। इच्छुक संस्थाले आफूले लिन चाहेको रकम र सोको लागि प्रस्ताव गरिएको वार्षिक व्याजदर उल्लेख गरी आवेदन दिनुपर्ने राष्ट्र बैंकको सूचनामा जनाइएको छ।




.gif)





