काठमाडौँ । असोज २७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारीहरू आवश्यक परेको भन्दै आवेदन आह्वान गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूलाई तोकिएको म्यादभित्र अनलाइन माध्यमबाट आवेदन दिन अनुरोध गरेको हो।
संस्थाले विभागीय प्रमुख तथा सहायक (सूचना प्रविधि), विभागीय प्रमुख तथा सहायक (व्यवस्थापन तथा तालिम), प्रदेश प्रमुख तथा अनुगमन अधिकृत, शाखा प्रमुख, र फिल्ड सहायक पदहरूमा कर्मचारी आवश्यक परेको जनाएको छ।
उम्मेदवारहरूले कात्तिक ९ गतेभित्र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र सहित अन्य आवश्यक कागजातहरू संलग्न गरी कम्पनीको वेबसाइट मार्फत अनलाइन आवेदन दिनुपर्नेछ।
कम्पनीले आवश्यकता अनुसार लिखित, प्रयोगात्मक वा अन्तर्वार्ता मार्फत छनोट प्रक्रिया सञ्चालन गर्न सकिने जनाएको छ। साथै, सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ।





.gif)





