काठमाडौँ । असोज २७, नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपका रूपमा राख्न लागेको छ। राष्ट्र बैंकले सो रकम असोज ३० गतेदेखि लागू हुनेगरी ३६६ दिनका लागि सन् २०२६ अक्टोबर ३० सम्म मुद्दति निक्षेपमा राख्ने जनाएको छ।
राष्ट्र बैंकका अनुसार कुल रकम मध्ये वाणिज्य बैंकहरूमा २ अर्ब ६४ करोड, राष्ट्रिय स्तरका विकास बैंकहरूमा ४९ करोड ५० लाख र वित्त कम्पनीहरूमा १६ करोड ५० लाख रुपैयाँ निक्षेप गरिनेछ।
निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चाहिएको रकम तथा ब्याजदर उल्लेख गरेर असोज २९ गते राति ७ः०० बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
निक्षेप पाउने बैंक तथा वित्तीय संस्थाले कम्तीमा २ वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम पुँजी कोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत भन्दा बढी नभएको र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने शर्त तोकिएको छ।




.gif)





