images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • कारागारबाट फरार कुसाङका लामा अझै बेपत्ता...

कारागारबाट फरार कुसाङका लामा अझै बेपत्ता सूचिमा

कारागारबाट फरार कुसाङका लामा अझै बेपत्ता सूचिमा

images
images
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौँ । असोज २७, काठमाडौँको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुसाङ लामा कारागारबाट फरार भएका छन्। उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थायी घर भइ हाल ट्रक चालकको रूपमा कार्यरत थिए।

    images
    images

    लामा भदौ २४ गते ‘जेनजी आन्दोलन’को दोस्रो दिन काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन्। कारागारबाट भागेको एक महिना बितिसक्दा समेत उनी हालसम्म फेला परेका छैनन्।

    उक्त केन्द्रीय कारागारबाट यसअघि भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी समेत फरार भएका थिए। यद्यपि, रायमाझी पछि पुनः कारागार फर्किएका थिए भने लामा अझै फरार रहेका छन्।

    images
    images

    यस घटनापछि सुरक्षा व्यवस्था र कारागार प्रशासनको भूमिका माथि प्रश्न उठिरहेको छ। फरार थुनामाथि कडा कारबाही सुनिश्चित गर्न प्रहरी प्रशासनले सरकारसँग नयाँ कानूनी व्यवस्था गर्न अध्यादेश ल्याउनुपर्ने माग समेत गरेको चर्चा चलिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend