images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकबाट दसैंमा ५६ अर्ब रुपैयाँभन्दा...

राष्ट्र बैंकबाट दसैंमा ५६ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट वितरण

राष्ट्र बैंकबाट दसैंमा ५६ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट वितरण

images
images
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौँ । असोज २७, यस वर्षको दसैं पर्वमा नेपाल राष्ट्र बैंकबाट करिब ५६ अर्ब रुपैयाँ बराबरको नयाँ तथा सुकिला नोट बजारमा बाहिरिएको छ। राष्ट्र बैंकले भदौ २९ देखि असोज १० गतेसम्म नयाँ नोट सटहीको व्यवस्था गरेको थियो।

    images
    images

    राष्ट्र बैंकका अनुसार, सो अवधिमा सर्वसाधारणले केन्द्रीय र क्षेत्रीय कार्यालयहरूबाट सिधै करिब १.५ अर्ब रुपैयाँ बराबरका साना दर (रु ५ देखि रु १००) का नयाँ नोट सटही गरेका छन्। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूबाट सटही भएको रकम करिब ४.५ अर्ब रुपैयाँ पुगेको छ। यसरी कुल ६ अर्ब रुपैयाँ बराबरका सुकिला नोट सटही भएका हुन्।

    यस अतिरिक्त, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ५० अर्ब रुपैयाँ भन्दा बढीका नोट उपलब्ध गराएको छ। सटही र वितरण रकम समेट्दा यस दसैंमा मात्र ५६ अर्ब रुपैयाँभन्दा बढीको नोट बजारमा प्रवेश गरेको राष्ट्र बैंकले जनाएको छ।

    images
    images

    चालु मुद्रा ८ खर्ब नाघ्यो,नयाँ नोटको वितरणसँगै बजारमा रहेको चलनचल्तीको मुद्रा पनि उल्लेख्य रूपमा बढेको छ। यसअघि करिब ७.५ खर्ब रुपैयाँ रहेको चलनचल्तीको मुद्रा बढेर हाल ८ खर्ब रुपैयाँभन्दा बढी पुगेको राष्ट्र बैंकको भनाइ छ।

    राष्ट्र बैंकले देशको आर्थिक अवस्था, मुद्राको माग, र चाडपर्व जस्ता विशेष अवसरलाई ध्यानमा राख्दै समय समयमा नयाँ नोट छाप्ने र वितरण गर्ने गर्छ। यद्यपि, छापिएका सबै नोट एकै पटक बजारमा पठाइँदैनन्। आवश्यक मूल्यांकन पछि मात्रै बैंक तथा वित्तीय संस्थामार्फत पैसा प्रवाह गरिन्छ।

    साना दरका नोटको बढी माग,दसैं तिहार जस्ता पर्वमा रु १०० भन्दा साना दरका नयाँ नोटप्रति सर्वसाधारणको माग बढी हुने गरेको छ। भने, बैंक तथा वित्तीय संस्थाहरूले भने ५ सय र हजार दरका नोट बढी सटही गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ।

    सिक्काको कारोबार पनि उल्लेख्य,दसैं र तिहारमा सिक्का कारोबार पनि उल्लेख्य हुने गरेको छ। सामान्य सिक्का सँगै चाँदी र सुनले बनेका सिक्का, स्मारिका सिक्का, र सुनका असर्फीहरू समेत लोकप्रिय रहेका छन्। यस्ता वस्तुहरू उपहारस्वरूप दिने चलन बढेसँगै बजारमा यिनको माग पनि उच्च हुने गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend