images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • क्यासिनोले विदेशी मुद्रा कारोबार गर्न इजाजत...

क्यासिनोले विदेशी मुद्रा कारोबार गर्न इजाजत अनिवार्य

क्यासिनोले विदेशी मुद्रा कारोबार गर्न इजाजत अनिवार्य

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारमा कडाइ गर्दै क्यासिनो तथा अन्य वित्तीय संस्थालाई अब विशेष अनुमति लिएर मात्र विदेशी विनिमय कारोबार गर्न पाइने नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार यो निर्णय लिएको जनाएको छ।

    images
    images

    पछिल्लो समय केही क्यासिनो तथा संस्थाहरूले राष्ट्र बैंकको अनुमति विना अवैध रूपमा विदेशी मुद्रा, विशेषगरी भारतीय रुपैयाँ कारोबार गर्दै आएको पाइएपछि यस्तो व्यवस्था गरिएको हो। अब देखि यी संस्थाहरूले राष्ट्र बैंकबाट आधिकारिक इजाजत लिएपछि मात्र विदेशी विनिमय कारोबार गर्न पाउनेछन्।

    राष्ट्र बैंकको भनाइमा यो कदमले विदेशी विनिमय बजारमा पारदर्शिता, नियमन र स्थिरता ल्याउनेछ। साथै, अनियन्त्रित तरलता र अवैध मुद्रा प्रवाहलाई नियन्त्रण गरी आर्थिक सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images

    यस सँगै राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी नयाँ एकीकृत निर्देशन पनि जारी गरेको छ। उक्त निर्देशनअनुसार अबदेखि विभिन्न कार्डमार्फत हुने कारोबारमा पनि सीमा तोकिएको छ।

    डेबिट कार्डः प्रतिदिन अधिकतम रु. २०,००० सम्म कारोबार गर्न पाइनेछ। (पहिले रु. १ लाख सम्म अनुमति थियो)
    प्रिपेड कार्डः प्रतिकरारोबार रु.। १०,००० र प्रतिदिन रु. २०,००० सम्म। मासिक सीमा रु. २ लाख।
    क्रेडिट कार्डः स्वीकृत सीमाको १०प्रतिशत सम्म कारोबार गर्ने पुरानै व्यवस्था यथावत।

    वित्तीय विश्लेषकहरूका अनुसार राष्ट्र बैंकको यो कदम आर्थिक प्रणालीलाई विनियमित गर्दै विनिमय दरको स्थिरता कायम राख्न र अवैध वित्तीय गतिविधिमा रोक लगाउन मद्दत पुग्नेछ। साथै, यो मौद्रिक नीतिमा अनुशासन कायम गर्ने र बजारमा वित्तीय पारदर्शिता बढाउने दिशामा एक सशक्त प्रयासको रूपमा लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend