images

२०८३ आश्विन २४ गते

images
images
images

बैंकिङ प्रणालीबाट थप ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट थप ५० अर्ब तान्दै राष्ट्र बैंक

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै उक्त रकम प्रणालीबाट तान्ने तयारी गरेको हो।

    images
    images

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल आइतबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट मात्रै हुनेछ। यस प्रक्रियामा ‘क, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।

    संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्मको प्रस्ताव दिन सक्नेछन्। प्रस्ताव गर्दा रकम टुक्र्याएर राख्नुपर्नेछ ताकि कुल आह्वान रकमभन्दा बढी नहोस्।

    images
    images

    राष्ट्र बैंकले यो निक्षेप संकलन उपकरणलाई बहुब्याजदर प्रणालीमा सञ्चालन गर्नेछ, जसअनुसार संस्थाहरूले विभिन्न ब्याजदरमा बोलकबोल गर्न सक्नेछन्।

    सङ्कलित निक्षेप ७ दिनको अवधिका लागि हुने छ र यसमा गरिएको लगानीको साँवा तथा ब्याज कात्तिक २ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend