images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकद्वारा प्रभु टेक्नोलोजीको लाइसेन्स नवीकरण...

राष्ट्र बैंकद्वारा प्रभु टेक्नोलोजीको लाइसेन्स नवीकरण नगर्ने निर्णय सार्वजनिक

राष्ट्र बैंकद्वारा प्रभु टेक्नोलोजीको लाइसेन्स नवीकरण नगर्ने निर्णय सार्वजनिक

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २५, नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायकको लाइसेन्स नवीकरण नगर्ने निर्णय गरेको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै ‘भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५’ को दफा १३(४०) बमोजिम सो निर्णय लिएको जनाएको हो।

    images
    images

    प्रभु टेक्नोलोजीले २०७६ साल फागुन ११ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा सञ्चालन गर्न अनुमति पाएको थियो। तर अब सो कम्पनीले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्दै आएका ग्राहकहरूले यदि कुनै वित्तीय कारोबार बाँकी रहेको छ भने, यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्था सँग सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

    राष्ट्र बैंकको यो निर्णय सँगै प्रभु टेक्नोलोजी अब भुक्तानी सेवा प्रदायकको रुपमा सेवा प्रवाह गर्न अयोग्य हुनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend