images

२०८३ आश्विन २४ गते

images
images
images

एटीएमबाट रकम झिक्ने सीमा घटायो राष्ट्र बैंकले

एटीएमबाट रकम झिक्ने सीमा घटायो राष्ट्र बैंकले

images
images
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौँ । असोज २४, नेपाल राष्ट्र बैंकले एटीएम (डेबिट कार्ड) मार्फत झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको नयाँ निर्देशन अनुसार अब एक पटकमा अधिकतम २० हजार रुपैयाँ, एक दिनमा ५० हजार रुपैयाँ र एक महिनामा ३ लाख रुपैयाँ मात्र झिक्न पाइनेछ।

    images
    images

    यसअघि यो सीमा क्रमशः २५ हजार, १ लाख र ४ लाख रुपैयाँ थियो।

    राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्था बैंकिङ सुरक्षा सम्बन्धी जोखिम व्यवस्थापन र डिजिटल कारोबारको प्रवर्द्धनलाई सहज बनाउने उद्देश्यले लागू गरिएको हो। यसले डिजिटल पेमेन्ट प्रणाली प्रति आम नागरिकको आकर्षण बढाउने विश्वास राष्ट्र बैंकले लिएको छ।

    images
    images

    नयाँ सीमा तुरुन्त लागू हुने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूलाई यो निर्देशन कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend