काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य पुनः नियुक्त भएका छन्। बैंकको शुक्रबार सम्पन्न १९ औं वार्षिक साधारणसभा पश्चात बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो।
सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनु अघि पनि आचार्य सोही पदमा रहेर बैंकको नेतृत्व गर्दै आउनु भएको थियो।
वार्षिक साधारणसभाबाट आगामी चार वर्षका लागि सञ्चालक पदमा संस्थापक समूहबाट सुदिप आचार्य, भिम प्रसाद तुलाचन, र चतुराखर अधिकारी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा.पवन कुमार शर्मा पनि निर्विरोध निर्वाचित भएका छन्।




.gif)





