काठमाडौँ । असोज २४, नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा सञ्चालन गर्दै आएको फस्ट पे टेक्नोलोजी प्रा.लि. को भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा जारी सूचनामा फस्ट पेको लाइसेन्स भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा १३(६) बमोजिम रद्द गरिएको जनाइएको छ।
फस्ट पेले २०७६ फागुन १३ गते राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको लाइसेन्स प्राप्त गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको थियो।
राष्ट्र बैंकले सो कम्पनी सँग कुनै आर्थिक लेनदेन बाँकी रहेका सेवाग्राही तथा सरोकारवालाहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।




.gif)





