काठमाडौँ । असोज २४, नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार कम्पनीका अध्यक्ष सुजितकुमार शाक्यको अध्यक्षतामा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा सभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३१५७८९४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। यो अनुसार सेयरधनीहरूलाई कुल ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर र ४२ लाख ६३ हजार १५७.८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिनेछ।
साधारण सभामा सञ्चालक समितिका सदस्यहरू, सेयरधनीहरू तथा कम्पनीको व्यवस्थापन टोलीको उल्लेखनीय उपस्थिति रहेको थियो।




.gif)





