images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • विदेशी मुद्राको कारोबार गर्न क्यासिनोले राष्ट्र...

विदेशी मुद्राको कारोबार गर्न क्यासिनोले राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने

विदेशी मुद्राको कारोबार गर्न क्यासिनोले राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने

images
images
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौँ । असोज २४, अबदेखि नेपालमा सञ्चालित क्यासिनोहरूले विदेशी मुद्राको कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकबाट विशेष इजाजत लिनुपर्ने भएको छ।

    images
    images

    नेपाल राष्ट्र बैंकले विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम यस्तो व्यवस्था लागू गरेको हो। सो दफामा स्पष्ट उल्लेख गरिएको छ कि कुनै पनि व्यक्ति, संस्था वा व्यवसायले विदेशी विनियम कारोबार गर्न चाहने खण्डमा केन्द्रीय बैंकबाट पूर्व स्वीकृति (इजाजतपत्र) अनिवार्य रूपमा लिनुपर्नेछ।

    नयाँ व्यवस्था अनुसार क्यासिनो लगायत विदेशी मुद्रा कारोबारमा संलग्न अन्य संस्थाहरूले अब अनुमति विना यस्तो कारोबार गर्न पाउने छैनन्। राष्ट्र बैंकले यो निर्णय विदेशी विनिमय नीतिलाई व्यवस्थित गर्न र अवैध कारोबार नियन्त्रण गर्नका लागि गरेको जनाएको छ।

    images
    images

    यस निर्णयले क्यासिनो सञ्चालन गर्ने व्यवसायीहरूलाई औपचारिक प्रणाली भित्र ल्याउने अपेक्षा गरिएको छ। अब क्यासिनोहरूमा प्रयोग हुने डलर, युरो लगायतका मुद्राको कारोबार स्पष्ट निगरानीमा रहनेछ।

    राष्ट्र बैंकले इजाजत प्राप्त संस्थाहरूले मात्र विदेशी मुद्रा कारोबार गर्न सक्ने र सो सम्बन्धी विवरणहरू नियमित रूपमा पेस गर्नुपर्ने जनाएको छ।

    1111.jpg
    undefined

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend