काठमाडौँ । असोज २४, यूनिभर्सल पावर कम्पनी लिमिटेडले तीन आ.व.को लागि डाकिएको वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित गरेको छ।
कम्पनीको सञ्चालक समितिले भदौ २९ गते बसेको बैठक मार्फत आगामी असोज २३ गते ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको थियो। सो सभामा आर्थिक वर्ष २०७९।८०, २०८०।८१ र २०८१।८२ का प्रतिवेदन प्रस्तुत गर्ने योजना थियो।
यद्यपि, निर्धारित मितिमा सभा सुरु गर्न आवश्यक गणपूरक संख्या नपुगेपछि कम्पनीले सो सभा स्थगित गरेको जानकारी दिएको छ।
कम्पनीले अब आगामी मितिमा सभा बोलाउने सम्बन्धमा आवश्यक निर्णय चाँडै लिने जनाएको छ।




.gif)





