images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • जलविद्युत् आयोजनाका लागि सरकारद्वारा २० अर्ब...

जलविद्युत् आयोजनाका लागि सरकारद्वारा २० अर्ब रुपैयाँको निष्कासन स्वीकृत

जलविद्युत् आयोजनाका लागि सरकारद्वारा २० अर्ब रुपैयाँको निष्कासन स्वीकृत

images
images
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौँ । असोज २४, सरकारले जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ बराबरको निष्कासन (इस्यु) गर्न स्वीकृति दिने निर्णय गरेको छ।

    images
    images

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जलविद्युत् परियोजनाको स्रोत सुनिश्चितता र पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यले यस्तो निर्णय गरेको हो। सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राख्दै लगानी अभिवृद्धि गर्न र आयोजना निर्माणको गतिलाई तीव्र पार्न यस कदमलाई आवश्यक देखिएको बताएको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार स्वीकृत रकमबाट रणनीतिक महत्वका आयोजना निर्माणमा सहयोग पुर्‍याइनेछ। सरकारी स्वामित्व वा सहकार्यमा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरू यस अन्तर्गत पर्ने बताइएको छ।

    images
    images

    मन्त्रिपरिषद्को निर्णय अनुसार, आवश्यक प्रक्रिया पुरा गरी निकट भविष्यमा उक्त निष्कासन कार्यान्वयनमा लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend