काठमाडौँ । असोज २३, नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भएका छन्।
भट्टराईलाई नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा नियुक्त गरिएको हो। उनले यसअघि उक्त समितिमा रहेका थान प्रसाद पंज्ञानीको स्थान लिएका हुन्।
कम्पनी सचिव केशव प्रसाद भण्डारीका अनुसार, भट्टराईले असोज २२ गते सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो वाणिज्य बैंक हो र यसमा सरकारको उल्लेख्य स्वामित्व रहेको छ। सञ्चालक समितिमा सरकारको प्रतिनिधित्व महत्वपूर्ण मानिन्छ।




.gif)





