काठमाडौँ । असोज २३, कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा भोलि शुक्रबार, असोज २४ गते बस्दैछ। सभा काठमाडौँको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ः०० बजे सुरु हुनेछ।
सभामा बैंकले आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५।७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ। साथै, संस्थापक पक्षबाट ३ जना र सर्वसाधारण पक्षबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। तसर्थ, असोज ७ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।




.gif)





