काठमाडौँ । असोज २३, नेपाल राष्ट्र बैंकले राजधानीका दुई मनी चेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ। बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौँको मित्रनगरस्थित युनियन करेन्सी एक्सचेञ्ज प्रालि र ठमेलस्थित केटीएम ओम मनी चेन्जर प्रालि को इजाजतपत्र रद्द गरेको हो।
राष्ट्र बैंकले मनी चेन्जर कम्पनीहरूले तोकिएको म्यादभित्र इजाजतपत्र नवीकरण नगरेको भन्दै कारबाही गरेको जनाएको छ।
विभागका अनुसार दुवै कम्पनीले नेपाल राष्ट्र बैंक मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित) को विनियम १९ का उपविनियम (३) अनुसार इजाजतपत्र म्याद समाप्त भएको मितिले तीन महिना भित्र नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्न नसकेका कारण इजाजतपत्र रद्द गरिएको हो।
राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार गर्ने मनी चेन्जरहरुलाई समयमै कानुनी प्रक्रिया पूरा गर्न पनि आग्रह गरेको छ।




.gif)





