images

२०८३ आश्विन २४ गते

images
images
images

नेपाल राष्ट्र बैंकद्वारा आज २० अर्ब रुपैयाँको तरलता संकलन

नेपाल राष्ट्र बैंकद्वारा आज २० अर्ब रुपैयाँको तरलता संकलन

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । असोज २२, नेपाल राष्ट्र बैंकले बुधबार (आज) पनि बजारबाट तरलता संकलन गर्ने भएको छ। बजारमा अत्यधिक तरलता र बैंकहरूमा नगद थुप्रिए पछि राष्ट्र बैंकले खुला बजार सञ्चालन अन्तर्गत २० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो।

    images
    images

    राष्ट्र बैंकका अनुसार, ११ दिनका लागि उठाइने उक्त रकम कात्तिक २ गते साँवा तथा ब्याजसहित फिर्ता हुनेछ। तरलता संकलन प्रक्रियामा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ देखि अधिकतम ५ अर्ब रुपैयाँ सम्मको प्रस्ताव दिन सक्नेछन्।

    बैंकले थप स्पष्ट पारे अनुसार, सहभागी संस्थाहरूले भाग गर्दा बाँकी रहने रकम बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्नेछन्।

    images
    images

    यसअघि पनि राष्ट्र बैंकले बजारमा मौद्रिक सन्तुलन कायम गर्न पटक पटक तरलता संकलन गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend