images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • हाइड्रोपावर कम्पनीले ९० प्रतिशत लाभांश वितरण...

हाइड्रोपावर कम्पनीले ९० प्रतिशत लाभांश वितरण गर्ने आँकलन

हाइड्रोपावर कम्पनीले ९० प्रतिशत लाभांश वितरण गर्ने आँकलन

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । असोज २२, दशैं विदापछि खुलेको पहिलो कारोबार दिन (मंगलबार) नेप्से परिसूचकमा तीव्र गिरावट आएको छ। सेयर बजार ५८.५५ अंकले घट्दै २६०४.९६ विन्दुमा झरेको छ। कारोबार रकम पनि उच्च रहँदै ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

    images
    images

    बजारमा आएको गिरावटको पछाडि जेनजी समूहको आन्दोलन, लगानीकर्ताहरु फेस्टिभ मुडबाट अझै नफर्किनु, तथा समग्र लगानी वातावरण प्रतिको विश्वासको कमी प्रमुख कारणका रूपमा देखिएका छन्।

    विशेषगरी हाइड्रोपावर क्षेत्रले निरन्तर चुनौतीहरूको सामना गर्नुपरेको छ। टेक एण्ड पेको व्यवस्था, आइजिन कोर्ड प्रणाली, आईपीओ स्वीकृतिमा ढिलासुस्ती र अन्य नीतिगत अवरोधले हाइड्रोपावर कम्पनीहरुलाई अप्ठ्यारोमा पारेको छ।

    images
    images

    यसका साथै हालैका बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिका कारण केही सूचीकृत जलविद्युत आयोजनामा क्षति पुगेको छ, जसको प्रत्यक्ष असर शेयर मूल्यमा पनि परेको देखिन्छ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकार सँग पीडित आयोजना पुनः सञ्चालनमा ल्याउन सहज वातावरण बनाइदिन माग गरेका छन्। साथै, उर्जा व्यवसायीलाई लगानीका लागि प्रोत्साहन गर्ने नीतिहरु आवश्यक भएको उनको भनाइ छ।

    कार्कीले हालको न्यून ब्याजदरको अवस्थामा झण्डै ९० प्रतिशत हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने आँकलन गरेका छन्। उनका अनुसार लगानीकर्ताले कम्पनीको क्षमता हेरी लगानी गरेमा पूँजीगत लाभसँगै राम्रो प्रतिफल प्राप्त गर्न सक्नेछन।

    लगातार ओरालो लागेको बजारमा लगानीकर्ताको मनोबल घट्दै गएको अवस्थामा, दीर्घकालीन सोच, सही कम्पनी छनोट र नीतिगत स्थायित्व आवश्यक देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend