काठमाडौँ । असोज २२, विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर २.१ प्रतिशत मात्र रहने प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक अद्यावधिक अनुमान अनुसार, यो दर यसअघि अनुमान गरिएको २.९ प्रतिशतभन्दा ०.८ प्रतिशत विन्दुले कम हो।
विश्व बैंकले सार्वजनिक गरेको प्रक्षेपण अनुसार, सन् २०२६ को आर्थिक वृद्धि दर दक्षिण एशियाका अन्य मुलुकहरूमध्ये सबैभन्दा न्यून रहने देखिएको छ। त्यही वर्ष भारतको वृद्धि दर ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, श्रीलंकाको ३.५ प्रतिशत र माल्दिभ्सको ३.९ प्रतिशत हुने अनुमान गरिएको छ।
विश्व बैंकले सन् २०२७ को लागि भने नेपालको आर्थिक वृद्धि दर केही सुधार भएर ४.७ प्रतिशत पुग्ने अनुमान गरेको छ। हालको परिमार्जित प्रक्षेपणले नेपालको आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गरिएको छ।




.gif)





