images

२०८३ आश्विन २४ गते

images
images
images

दशैंका लागि राष्ट्र बैंकबाट ६२ अर्ब सुकिला नोट बजारमा

दशैंका लागि राष्ट्र बैंकबाट ६२ अर्ब सुकिला नोट बजारमा

images
images
मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौँ । असोज २१, नेपालीहरुको महान चाड बडा दशैंका अवसरमा नेपाल राष्ट्र बैंकले ६२ अर्ब रुपैयाँ भन्दा बढीको सुकिला नोट बजारमा पठाएको छ।

    images
    images

    राष्ट्र बैंकले पाँच, दश, बीस, पचास र एक सय दरका नयाँ नोटहरू सटहीका लागि २९ भदौदेखि वितरण सुरु गरेको थियो। यस क्रममा पाँच रुपैयाँका नयाँ नोट सँगै एक देखि सय रुपैयाँ सम्मका पुराना सुकिला नोटहरू समेत सटही गरिएका थिए।

    राष्ट्र बैंकका अनुसार, दशैंको तयारी सँगै बजारमा सटही र अन्य माध्यमबाट ६२ अर्ब रुपैयाँभन्दा बढीका नयाँ नोट पठाइएका हुन्।

    images
    images

    दशैं सुरु हुनु अघिको २८ भदौमा चलन चल्तीमा रहेका नोटहरूको कुल रकम ७ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। दशैंको मुख्य दिनहरूमा कारोबार बढे सँगै यो रकम ११ असोज सम्ममा बढेर ७ खर्ब ९३ अर्ब ७९ करोड रुपैयाँ पुगेको थियो। दशैं सकिएपछि १९ असोजमा बजारमा चलन चल्तीका नोटहरूको रकम झन् वृद्धि भएर ८ खर्ब १ अर्ब १४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

    बडा दशैं जस्तो ठूला पर्वहरूमा जनसाधारणलाई नयाँ नोट प्रयोग गर्ने परम्परा रहेकोले राष्ट्र बैंकले सुकिला नोटहरूको व्यवस्था गर्दै आएको हो। यसले बजारमा नगदको प्रवाह बढाउनुका साथै आर्थिक चाप व्यवस्थापनमा सहयोग पुग्ने बैंकको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend