काठमाडौँ । देशको राजनीतिक अनिश्चितताको प्रभाव सेयर बजारमा पनि देखिन थालेको छ। दशैंको लामो बिदापछि मंगलबार सञ्चालनमा आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५८.५५ अंकले घट्दै २६०४.९६ विन्दुमा झरेको छ।
मंगलबार सेयर बजारमा कुल ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा गिरावट आउँदा बजार पूँजीकरणमा पनि २.१९ प्रतिशतले कमी आएको छ।
आजको कारोबारमा २३५ वटा कम्पनीका सेयर मूल्य घटेका छन् भने १६ वटा कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ। एक कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
आज सेन्चुरी डिबेन्चर २०८८ मा लगानी गर्नेले सबैभन्दा धेरै मुनाफा कमाएका छन् भने भूगोल इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै घाटा ब्यहोर्नु परेको छ। कारोबार भएका सबै उपसमूहहरू आज नकारात्मक क्षेत्रमा रहे।
बजार विश्लेषकहरूका अनुसार राजनीतिक अन्योल, लगानीकर्ताको मनोविज्ञान र मौद्रिक नीतिको अनिश्चितताले बजारमा दबाव बढाइरहेको छ।




.gif)





