images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकद्वारा पेन्सन तथा उपदान कोषको...

राष्ट्र बैंकद्वारा पेन्सन तथा उपदान कोषको ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी हुने

राष्ट्र बैंकद्वारा पेन्सन तथा उपदान कोषको ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी हुने

images
images
मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौँ । असोज २१, नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा संचित ७८ करोड रुपैयाँ ३६६ दिने मुद्दती निक्षेपको रूपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले यसअन्तर्गत वाणिज्य बैंकहरूमा ६२ करोड ४० लाख, विकास बैंकहरूमा ११ करोड ७० लाख, र फाइनान्स कम्पनीहरूमा ३ करोड ९० लाख रुपैयाँ लगानी गर्न लागेको हो।

    images
    images

    यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गर्न सक्ने ब्याजदर उल्लेख गरी सिलबन्दी प्रस्ताव फारम असोज २३ गते दिउँसो १२ बजेसम्म राष्ट्र बैंकमा बुझाउनु पर्नेछ।

    प्रस्ताव दिन योग्यताः
    कम्तीमा २ वर्षदेखि सञ्चालनमा रहेको हुनु पर्ने,न्यूनतम पुँजीकोष कायम गरेको,निष्क्रिय कर्जा अनुपात ५ प्रतिशत भन्दा कम भएको,तरल सम्पत्ति खुद निक्षेप कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी,रियल स्टेट कर्जा तोकिएको सीमाभित्र,अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा देखिएको,र सर्वसाधारणका लागि शेयर जारी गरेको वित्तीय संस्था मात्र प्रस्ताव दिन योग्य हुनेछन्।

    images
    images

    राष्ट्र बैंकको यो कदमले वित्तीय प्रणालीमा तरलता व्यवस्थापनमा टेवा पुर्‍याउने तथा दीर्घकालीन कोषको अधिकतम उपयोग सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend