images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकद्वारा ९० अर्ब रुपैयाँको तरलता...

राष्ट्र बैंकद्वारा ९० अर्ब रुपैयाँको तरलता तान्दै

राष्ट्र बैंकद्वारा ९० अर्ब रुपैयाँको तरलता तान्दै

images
images
मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौँ । असोज २१, नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज (मंगलवार) पुनः ९० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ‘निक्षेप संकलन उपकरण’ प्रयोग गर्दै यो रकम संकलन गर्न लागेको हो।

    images
    images

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे अनलाइन प्रणाली मार्फत मात्र बोलकबोल गरिनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्।

    बोलकबोलमा न्यूनतम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँ सम्म भाग लिन सकिनेछ। बैंकहरूले आआफ्नो प्रस्ताव ब्याजदरका आधारमा पेश गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न पाइने व्यवस्था गरिएको छ।

    images
    images

    १२ दिन अवधिको यस निक्षेप संकलनमा कात्तिक २ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकले यस्ता संकलन उपकरणहरू प्रयोग गरी बैंकिङ प्रणालीमा सन्तुलित तरलता व्यवस्थापन गर्ने नीति लिएको छ, जसले बजारमा मौद्रिक स्थायित्व कायम राख्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend