काठमाडौँ । असोज २१, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि झण्डै १ लाख ८९ हजार ९२७ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याएको छ।
यसअघि साउन १५ देखि भदौ १९ गतेसम्म बिक्री खुला गरिएको हकप्रद शेयरको बाँडफाँडपछि ती शेयरहरू अवितरित रहँदा लिलामीमार्फत बिक्री प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू.१०० तोकिएको छ। इच्छुक लगानीकर्ताले कम्तीमा १०० कित्ता माग गर्नुपर्नेछ भने अधिकतम माग खुला गरिएको छ। तर, माग गरिएको कित्ता १० को अंकले विभाजित हुनुपर्नेछ।
बोलपत्र पेश गर्ने अवधि असोज २८ गते मंगलबार देखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेसम्म कायम रहनेछ।
बोलपत्र फारम लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी तथा लक्ष्मी सनराइज बैंकका विभिन्न शाखाबाट प्राप्त र बुझाउन सकिने व्यवस्था गरिएको छ। फारम उपलब्ध शाखाहरूमा विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा, बुटवल, वीरेन्द्रनगर र धनगढी रहेका छन्।




.gif)





