काठमाडौँ । असोज २१, लामो दशैं बिदा तथा थप दुई दिनको सार्वजनिक बिदापछि आज (मंगलबार) देखि सेयर बजार पुनः खुल्दैछ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गतको सेयर कारोबार आजदेखि नियमित रूपमा सञ्चालनमा आउनेछ।
दशैंअघि अन्तिम कारोबार भएको दिन, असोज १२ गते आइतबार, नेप्से परिसूचक ०.४३ प्रतिशतले वृद्धि भई २६६३.५१ विन्दुमा बन्द भएको थियो। उक्त दिन नेप्से ११.५१ अंकले बढेको हो।
यस वर्ष दशैंको सरकारी बिदा समाप्त भएपछि असोज १९ गते आइतबार र २० गते सोमबार देशभर परेको भारी वर्षा तथा बाढीपहिरोको जोखिमलाई ध्यानमा राखी सरकारले थप दुई दिन सार्वजनिक बिदा दिएको थियो। त्यसै कारण सेयर बजार असोज २१ गते मंगलबार (आज) मात्र खुलेको हो।
अब बजार नियमित तालिका अनुसार हरेक आइतबार देखि बिहीबार सम्म बिहान ११ बजे देखि ३ बजेसम्म खुल्नेछ।




.gif)





