images

२०८३ आश्विन २४ गते

images
images
images

नेपाल राष्ट्र बैंकले रु १ अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले रु १ अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

images
images
सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • काठमाडौँ । असोज २०, नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकमको व्यवस्थापन गर्न यो लगानी गर्न लागिएको हो।

    images
    images

    राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूमा रु १ अर्ब ४ करोड, ‘ख’ वर्गका विकास बैंकहरूमा रु १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा रु ६ करोड ५० लाख लगानी गर्ने जनाएको छ।

    बैंकले भदौ ३० गतेभित्र आवेदन दिन आग्रह गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक मापदण्ड पूरा गरेर निवेदन दिन अनुरोध गरेको छ।

    images
    images

    सूचना अनुसार लगानीका लागि इच्छुक संस्थाले तोकिएको न्यूनतम कुल पुँजीकोष कायम गरेको हुनुपर्छ। त्यस्तै, निष्क्रिय कर्जा सापटी ८ प्रतिशत भन्दा कम र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत भन्दा नाघ्न नहुनेछ।

    ब्याजदर र आफूले लिन चाहेको रकम समेत उल्लेख गरी आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend