काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबारको अन्तिम मूल्यलाई आधार बनाई बोनस शेयर मूल्य समायोजन गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट चार प्रतिशत बोनस शेयर दिने निर्णय सँगै शेयरमूल्य समायोजन गरिएको हो। समायोजन पछिको कम्पनीको प्रतिकित्ता शेयरमूल्य ९१८ रुपैयाँ ३७ पैसा कायम भएको छ।
यसअघि बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य ९५५ रुपैयाँ थियो। बोनस समायोजन सँगै शेयरमूल्य घटेको हो, तर कम्पनीको कुल मूल्यमा भने खासै परिवर्तन हुँदैन।




.gif)





