काठमाडौँ । असोज २०, आजका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत हुने धितोपत्र कारोबार स्थगित गरिएको छ।
हालै सरकारले सार्वजनिक बिदा खारेज गरे पनि शेयर कारोबार सञ्चालनका लागि आवश्यक निकायहरू तयारी अवस्थामा नपुगेका कारण आज कारोबार हुन नसकेको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार धितोपत्र बजार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडीएस एण्ड क्लियरिङ लिमिटेड र शेयर ब्रोकर कम्पनीहरू बीच समन्वय आवश्यक पर्छ। तर ती सबै निकायहरू पूर्ण रूपमा सक्रिय नहुँदा असोज २० को दिन शेयर बजार बन्द गरिएको हो।
नेप्सेले एक सूचना प्रकाशित गर्दै मंगलबार (असोज २१) बाट बजार नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिएको छ।




.gif)





