चितवन । असोज १५, चितवन र गोरखा जोड्ने मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द गरिने भएको छ। केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनका अनुसार असोज १५ गतेदेखि १७ गतेसम्म केबलकारको सेवा बन्द रहनेछ।
उक्त अवधीमा केबलकारको नियमित मर्मत तथा प्राविधिक परीक्षण गरिने जनाइएको छ। सेवा असोज १८ गतेदेखि पुनः नियमित रूपमा सञ्चालनमा आउनेछ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध मनकामना मन्दिर जाने भक्तजनका लागि यो केबलकार मुख्य पहुँच मार्ग हो। यो नेपालको पहिलो केबलकार प्रणाली हो, जसले वर्षौंदेखि तीर्थयात्रु तथा पर्यटकलाई सेवा दिँदै आएको छ।




.gif)





