images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • तालिबानद्वारा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध,...

तालिबानद्वारा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध, अफगानिस्तान अन्धकारमा

तालिबानद्वारा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध, अफगानिस्तान अन्धकारमा

images
images
बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • काबुल । तालिबान अधिकारीहरूले फाइबर अप्टिक नेटवर्क काटेपछि अफगानिस्तानले लगातार दोस्रो दिन इन्टरनेट तथा मोबाइल सेवा बिना बिताएको छ। यस व्यापक सञ्चार अवरोधले सम्पूर्ण मुलुकमा जनजीवन, व्यवसाय, र प्रशासनिक कामकाजमा ठुलो असर परेको छ।

    images
    images

    सन् २०२१ मा तालिबानले सत्ता सम्हालेपछि यो पहिलोपटक यति व्यापक रूपमा सम्पूर्ण देश सञ्चारहीन बनेको हो। इन्टरनेट निगरानी संस्था नेटब्लक्स का अनुसार सोमबार रातिसम्म इन्टरनेट र मोबाइल सेवाको पहुँच सामान्य स्तरको एक प्रतिशत भन्दा पनि तल झरेको थियो।

    ‘अन्धकारमा जस्तै भइसकेका छौँ’,काबुलका एक पसल मालिक ४२ वर्षीय नजीबुल्लाह भन्छन्, “हामी फोन र इन्टरनेट बिना अन्धा झैँ छौँ। हाम्रो व्यवसाय मोबाइलमै निर्भर छ,डेलिभरी, ग्राहकसँगको सम्पर्क सबै मोबाइल मार्फत हुन्छ। अहिले बजार पूर्ण रूपमा बन्दजस्तै छ।”

    images
    images

    दुराचार रोक्न भन्दै कदम,तालिबानले भदौ महिनाको सुरूमा केही प्रान्तहरूमा ुभाइसु (अस्लीलता वा अनैतिक व्यवहार) रोक्न भन्दै उच्चगतिको इन्टरनेटमा प्रतिबन्ध लगाउन थालेको थियो। बल्ख प्रान्तका प्रवक्ता अत्ताउल्लाह जैदका अनुसार, “दुराचार रोक्न यो कदम लिइएको हो,” तर आवश्यक सेवाका लागि वैकल्पिक उपायहरूको व्यवस्था गरिने बताइएको थियो।

    सञ्चार अवरोधले प्रशासन ठप्प,एक सरकारी अधिकारीले एएफपीलाई बताएका अनुसार फाइबर अप्टिक लाइनहरू काटिँदा ‘८ देखि ९ हजार दूरसञ्चार स्तम्भहरू’ प्रभावित हुनेछन्। उनले चेतावनी दिए, “यसले बैंकिङ, भन्सार देखि सम्पूर्ण प्रशासनिक प्रणाली ठप्प पार्नेछ।”

    विशेषगरी अफगानिस्तान जस्ता कमजोर पूर्वाधार भएका देशहरूमा इन्टरनेट सेवा प्रायः मोबाइल नेटवर्क र फाइबर लाइनमार्फत सञ्चालित हुने हुँदा सञ्जाल काटिँदा सम्पूर्ण सञ्चार प्रणाली नै ठप्प हुने अवस्था आएको हो।

    विदेशमा रहेका अफगानहरूको चासो,विदेशमा रहेका अफगान नागरिकहरूले आफन्तसँग पूर्ण रूपमा सम्पर्क विच्छेद भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। एएफपीका अनुसार मंगलबार साँझ ५ः४५ बजे (१३१५) पछि काबुलस्थित संवाददाताहरूसँग पनि सम्पर्क टुटेको थियो।

    पूर्वाधार भत्किदै, भविष्य अनिश्चित,सन् २०२४ मा काबुल सरकारले अमेरिकी सहयोगमा बनेको ९,३५० किलोमिटर लामो फाइबर अप्टिक नेटवर्कलाई राष्ट्रिय प्राथमिकता घोषणा गरेको थियो। यस नेटवर्कले अफगानिस्तानलाई विश्वसँग जोड्ने, व्यापार वृद्धि गर्ने र गरिबी घटाउने अपेक्षा गरिएको थियो।

    तर अहिले यही संरचना तालिबान शासनको कठोर नीतिका कारण ध्वस्त पारिँदैछ। नेटब्लक्सले जारी गरेको बयानमा यो ‘जानाजानी गरिएको सेवा विच्छेदन’ भएको उल्लेख गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend