images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • पाकिस्तानलाई पराजित गर्दै भारतले नवौं पटक...

पाकिस्तानलाई पराजित गर्दै भारतले नवौं पटक उपाधि

पाकिस्तानलाई पराजित गर्दै भारतले नवौं पटक उपाधि

images
images
सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • काठमाडौँ । असोज १३, भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै एसिया कप २०२५ को उपाधि जितेको छ। यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सम्पन्न फाइनलमा भारतले अपराजित रहँदै उपाधि रक्षा गर्न सफल भयो। यो भारतको कुल नवौं एसिया कप उपाधि हो।

    images
    images

    टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा १४६ रनमा समेटिएको थियो। जवाफी इनिङमा भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनायो र उपाधि आफ्नो पक्षमा पार्‍यो।

    तिलक वर्माको अविजित पारी
    भारतको जितमा प्रमुख योगदान तिलक वर्माको रह्यो। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६९ रनको अविजित पारी खेले। अन्तिम ओभरमा रिंकु सिंहले चौका हानेर भारतलाई लक्ष्य पार गराए। उनी ४ रनमा अविजित रहे।

    images
    images

    भारतले सुरुवातमा पावरप्लेभित्रै ३ विकेट गुमाएको थियो। ओपनर अभिषेक शर्मा ५ रनमा, शुभ्मन गिल १२ रनमा तथा कप्तान सूर्यकुमार यादव शून्य रनमै पेभेलियन फर्किए। त्यसपछि तिलक वर्माले सञ्जु सामसन (२४ रन) र शिवम दुबे (३३ रन) सँग क्रमशः ५७ र ६० रनको साझेदारी गर्दै टोलीलाई सम्हाले।

    पाकिस्तानको कमजोर मिडल अर्डर फेरि ढल्यो
    पहिलो विकेटका लागि फखर जमान (४६ रन) र साहिबजादा फरहान (५७ रन) ले ८४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि पाकिस्तानको मिडल अर्डर फेरि कोल्याप्स भयो। ११३ रनमा दोस्रो विकेट गुमाएपछि पाकिस्तानले २४ रनको अन्तरालमा ५ विकेट गुमायो। अन्ततः टोली १९.१ ओभरमा १४६ रनमा अलआउट भयो।

    भारतका स्पिनरको दबदबा
    भारतको बलिङमा स्पिनरहरू प्रभावशाली देखिए। कुलदीप यादवले ४ विकेट लिए भने अक्षर पटेल, वरुण चक्रवर्ती र जसप्रीत बुमराहले समान २(२ विकेट लिए।

    इतिहासमा पहिलो पटक पाकिस्तानलाई फाइनलमा हराउँदै उपाधि
    ४० वर्षे एसिया कप इतिहासमा भारतले पहिलोपटक पाकिस्तानलाई फाइनलमा हराउँदै उपाधि चुमेको हो। यसअघि भारतले सात पटक एकदिवसीय र एक पटक टी–२० ढाँचामा (सन् २०१६) उपाधि जितिसकेको थियो।

    यसपटकको उपाधिसँगै भारतले आफ्नो प्रभुत्व कायमै राख्दै एसिया कपमा नवौं पटक च्याम्पियन बन्न सफल भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend